काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर घटेको थियो। अन्तिम समयमा २४.६८ अंकले घटेर बजार बन्द भएको छ। 

आइतबारको तुलनामा आज कारोबार पनि घटेको छ। यसलाई भने सकरात्मक रुपमै लिन सकिन्छ। 

प्राविधिक रुपमा बजारलाई हेर्दा भने केही बिक्री दबाब परेको देखिन्छ।

बोलिंगर ब्यान्डमार्फत हेर्दा आवरली चार्टमा बजारले आज कारोबारको पहिलो घन्टामै मध्य ब्यान्ड छोडेर तल झरेको देखिन्छ। यसले अब मूल्यरेखाहरु तल्लो विन्दुतर्फ आकर्षित भएको देखिन्छ। 

म्याक्डीमार्फत आज बजारमा बियरिस क्रसओभर बनेको छ। 

त्यसैगरी हिस्टोग्राम पनि नेगेटिभ र रातो बनेको छ। आरएसआईमार्फत हेर्दा आज बजार ५६ को तहबाट खसेर   ३८ को विन्दुमा पुगेको छ। यसले बजार अझै एकपटक ३० को ओभर सोल्ड जोनमा पुग्न सक्ने देखिन्छ। 

दैनिक चार्टमार्फत हेर्दा आज बजार हिजो बनेको डार्क क्लाउड कभर भ्यालिड बनेको छ। 

पिभटमार्फत हेर्दा बजारको पहिलो सपोर्ट १९६० मा रहेको थियो। जसलाई आज बजारले भत्काइसकेको छ। 

अबको दोस्रो सपोर्ट भनेको १९१२ मा रहेको छ भने तेस्रो सपोर्ट भनेको १८९० मा हुन आउँछ। यदि आगामी दिनमा यही विन्दुबाट बजार बढेमा १९८०, २०२५ र २०४८ मा क्रमशः प्रतिरोधको सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।