– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता दोस्रो बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने २ दिन घटेको छ।
अघिल्लो साता १९१५.१५ मा बन्द भएको बजार यो साता १९०८.५५ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ६.६ अंकले गिरावट आएको छ। अघिल्लो साता पनि दोस्रो बजारमा करिब १८.१६ अंकले गिरावट आएको थियो।
यो साता ५ दिनमा ५ अर्ब ८३ करोड रुपैयाँबराबर कारोबार भएको छ। अघिल्लो साता ४ दिनमा ५ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता दैनिक एभरेज कारोबार १ अर्ब १७ करोड रुपैयाँबराबर करोबार भएको छ।
गएको तीन सातादेखि बजारमा गिरावट आएको छ तर अघिल्लो साताको तुलनामा घट्ने क्रममा भने कमी आएको छ।
प्राविधिक पक्ष
क्यान्डल स्टिकका आधारमा
नेप्सेको साप्ताहिक चार्टमा यो साताको कारोबारमा ड्रागन फ्लाई डोजी स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो)
सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी भनेर बुझिन्छ।
साता भरको कारोबारमा बजारको न्यूनतम विन्दु १८६५ सम्म आएको थियो भने उच्चतम विन्दु १९३५ सम्म तल आएको देखिन्छ। साताको अन्तिम कारोबारमा बजार १९०८ मा बन्द भएको छ। यस हिसाबले बजार साप्ताहिक रुपमा ड्रागन फ्लाई डोजी बनेको छ। यो भनेको ट्रेन्ड रिभर्सलको संकेत हो। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई
साप्ताहिक चार्टमै बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले मध्य ब्यान्ड छोडेर तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ नै रहेको छ। आरएसआई हाल ४१ को तहमा रहेको देखिन्छ।
समग्र तीनवटै इन्डिकेटरबाट हेर्दा बजार साइडवेजमा चलेको देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १९२८
घटेमा सपोर्ट
निष्कर्ष
यो साता दोस्रो बजारमा ६.६ अंकले मात्रै गिरावट आएको छ। गत साता करिब १८.१६ अंकले गिरावट आएको थियो। यस्तो गिरावट अघिल्लो साता ७० अंकले गिरावट आएको थियो। यस हिसाबले दोस्रो बजारमा लगतार तीन साता गिरावट आएको छ। तर, बजार घट्ने क्रम कम हुँदै गएको देखिन्छ।
प्राविधिक रुपमा बजारलाई साप्ताहिक क्यान्डल स्टिकमार्फत हेर्दा ड्रागन फ्लाई डोजी बनेको छ। यो भनेको ट्रेन्ड रिभर्सलको संकेत हो। यसले बजारले आगमी साता यूटर्नको सम्भावना पनि त्यत्तिकै रहेको हुन्छ। भोलुममार्फत बजारलाई हेर्दा करिब ५ साताभन्दा बढी एक–डेढ अर्बमात्रै देखिन्छ। यसले बजारमा बिक्री दबाब घटेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिम पूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago