काठमाण्डौ । सेयर बजारमा आज दिनभर सामान्य अंकले उतारचढाव रह्यो। दिनभरको कारोबारमा बजार करिब १३ अंकसम्म बढेको थियो। तर अन्तिममा बजार ५ अंकले मात्रै बढेर बन्द भएको छ।
अघिल्लो दिन बजारमा करिब २८ अंकले घटेको थियो। हिजो र आजको कारोबारलाई बजारमा मिलाएर हेर्दा चार्टको न्यून विन्दुमा रातो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनेको छ। यसले बजारमा ट्रेन्ड रिभर्सलको संकेत गरेको बुझिन्छ।
यसअघि पनि यस्तै क्यान्डल बनेपछि बजारमा उकालो लागेको थियो। (हेर्नुहोस् पहिलो कालो एरो)
आज पनि बजारमा त्यही प्रकृतिको क्याण्डल बनेको छ। यसले बजार विस्तारै सम्हालिँदै गरेको बुझिन्छ। (हेर्नुहोस दोस्रो कालो एरो)
यदि अब बन्ने क्यान्डल बुलिस मारुबुजु क्यान्डल बन्छ अथवा बजार १८६० भन्दा माथि बन्द हुन्छ भने बजारमा ‘मार्निङ स्टार’ क्यान्डल प्याट्रन बनेको मानिन्छ। यसले बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
आरएसआईमार्फत हेर्दा बजार हाल ओभर सोल्डमा चलेको देखिन्छ भने लामो समय न्युट्रल जोनमा चलेको छ।
म्याक्डीमार्फत हेर्दा पनि बजारमा करेक्सनपछि साइडवेज चलेको देखिन्छ। यसले बजार विस्तारै घट्ने क्रम भने रोकिएको बुझिन्छ।
बजारलाई भोलुममार्फत हेर्दा पनि करिब–करिब घट्ने क्रम सकिँदै गरेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19