काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। कारोबार भने पुनः घटेर १ अर्ब तल झरेको छ। 

प्राविधिक रुपमा आज बजारमा डोजी क्यान्डल बनेको छ। डोजी क्यान्डल आफैँमा अनिर्णयको संकेत हो। यो क्यान्डलले मात्रै कुनै संकेत दिँदैन। तर, यस्तो क्यान्डललाई अघिल्लो दिनको क्यान्डलसँग जोडेर हेर्दा भने केही संकेत गरेको हुन्छ। 

सेयरको घट्दो ट्रेन्डमा रहेको बेला डोजी आकरको मैनबत्ती देखापरेमा त्यसले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ। यस्तो अवस्थामा रातो लामो मैनबत्तीका साथ डोजी देखा पर्छ। यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत गर्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा) 

आज बनेको डोजी क्यान्डलले पनि बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको देखिन्छ। 

बजारलाई म्याक्डीमार्फत हेर्दा गत अप्रिल १० मा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआईमार्फत हेर्दा ५८ को तहबाट फर्केर पुनः ५१ को न्युट्रल विन्दुमा पुगेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।