काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर करिब २१५५ आसपास पुगेको थियो। यो भनेको एक हिसाबले अघिल्लोपटक धेरै लगानीकर्ताले सेयर किनेर होल्ड गरेको जोन पनि हो। आज पनि यही विन्दुबाट केही नाफा बुक पनि देखिएको छ। 

प्राविधिक रुपमा आज सुटिङ स्टार बनेको छ। जसलाई पछिल्लोपटकको करेक्सनपछि १०० अंक बढ्दाको नाफा बुकका रुपमा पनि लिन सकिन्छ। अर्थात् आइतबार ६३ अंकले बढेपछि त्यसको नाफा बुक पनि हुन सक्छ। 

डिमान्ड एन्ड सप्लाईका आधारमा बजारलाई हेर्दा यो विन्दु भनेको करिब १ वर्षपहिलेको सप्लाई एरिया भएकोले पनि केही नाफा बुक आएको देखिन्छ। 
अन्य इन्डिकेटर जस्तै– पिभटमार्फत हेर्दा आज बजारले पिभट प्वइन्टको दोस्रो विन्दुमा प्रतिरोध सामना गरेको छ। 

बजार बढ्दै गर्दा पनि विभिन्न विन्दुमा प्रतिरोध सामना गर्दै अगाडि बढ्ने भएकोले आज बनेको सुटिङ स्टार पनि आगामी कारोबारमा इन्भ्यालिड भएर बजार पुनः माथिको यात्रा तय गर्न सक्ने देखिन्छ। किनकि बजारलाई इलिअट वेभमार्फत हेर्दा यदि वेभ–१ को लम्बाइ बराबर वेभ–५ हुन्छ भन्ने सिद्धान्तलाई टेकेर भन्ने हो भने वेभ–४ २०५० को विन्दुमा बनेको देखिन्छ। यसमा वेभ– को लाम्बाइ १५० अंक जोड्दा बजार कम्तीमा २२०० माथि पुग्न सक्ने प्रबल सम्भावना देखिन्छ। जसलाई  आजको अन्तिम आवरमा आएको भोलुमले पनि थप पुष्टि गर्छ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।