काठमाण्डौ । स्पेसल प्रि–ओपन सेसनमा आज करिब ३ अकंले बढर खुलेको सेयर बजारमा पहिलो प्रहरमा बढेर २२०० भन्दा माथि कारोबार भएको थियो। तर, बजार दोस्रो आवरमा घट्यो भने अन्तिम आवरमा करिब १३ अंकले बढेर बन्द भएको छ। 

क्यान्डल स्टिकमार्फत हेर्दा आजको बजारमा  करिब ३ दिनको ११० अंकको गिरावटपछि सोमबार र मंगलबार ट्विजर बटम बनेको छ। यस्तो क्यान्डल बजार डाउन ट्रेन्डमा बन्ने गर्छ। यस्ता क्यान्डल पहिलो क्यान्डल रातो र दोस्रो क्यान्डल हरियो बन्ने गर्छन्। यस्ता क्यान्डलको न्यून विन्दु बराबर हुने गर्छन्।

दोस्रो क्यान्डल बुलिस प्रकृतिको हुने गर्छ। यो भनेको ट्रेन्ड रिभर्सलको संकेत हो। 

पछिल्लोपटकको बजारलाई डाउ थेउरीमार्फत हेर्दा हायर हाई र हायर लोको सिरिज बनाएको छ। करिब १८०८ बाट फर्केको बजारले पहिलो हायर लो १८५० मा बनाएको थियो। त्यसपछि दोस्रो हायर लो भनेको २०५० तिर कन्फर्मेसन गरेको छ। त्यसपछि आज बजारले तेस्रो हायर लो भनेको करिब २०७० आसपास बनाएको छ। यसले बजार घटे पनि माथि–माथिबाट फर्केको भन्ने बुझिन्छ। अर्थात् डाउ थेउरीमार्फत हेर्दा बजारको बुलिस सेन्टिमेन्ट भन्ने हो। यस हिसाबले यदि आगामी कारोबार २१०० भन्दा माथि टिकेर हुन्छ भने बजारको अप ट्रेन्ड भन्ने बुझिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।