काठमाण्डौ । आज सेयर बजार दिनभर बढेर कारोबार भएको छ। अन्तिममा बजार ४७ अंकले बजार बढेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा आज भोलुम पनि बढेको छ। 

आजको बजारलाई प्राविधिक रुपमा हेर्दा लामो समयपछि बोलिंगर ब्यान्डको मध्य विन्दुमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। आजको क्यान्डलले यसअघि बनेका १० वटा क्यान्डललाई पूर्ण रुपमा ढाकेर बुलिस मारुबुजु क्यान्डल बनेको छ। अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि घट्दै गएको छ। 

म्याक्डीमार्फत आजको बजारलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ।  तर, हिस्टोग्राम नेगेटिभ रहे पनि विस्तारै छोटा–छोटा हुँदै गएका छन्। यसले म्याक्डीमा बुलिस क्रसओभर बन्दै गएको बुझिन्छ। 

आरएसआई पनि ६० को न्युट्रल जोनबाट फर्केर आज ६४ को तहमा पुगेको छ। मनी फ्लो इन्डेक्सबाट हेर्दा भने बजारमा केही कारोबार अझै नियालेर हेर्नुपर्ने देखिन्छ। किनकि आज बजर बढे पनि मनी फ्लो इन्डेक्स डाउन नै छ। तर, बजारलाई सुपर ट्रेन्ड तथा इचिमोचुबाट हेर्दा बुलिस नै रहेको देखिन्छ। 

पिभटमार्फत हेर्दा आज २१२१ को पहिलो प्रतिरोध ब्रेक अप गरेको बजारले अबको दोस्रो प्रतिरोध भनेको २१६० मा सामना गर्न सक्छ। त्यसपछिको तेस्रो प्रतिरोध भनेको २१९३ मा लिन सक्छ। 

यदि आगामी दिनमा घटेमा बजारले क्रमशः २१२१, २०८५ र २०५० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।