काठमाण्डौ । लागातार ५ दिन घटेको सेयर बजार आज सामान्य अंकले बढेको छ। 

प्राविधिक रुपमा आजको बजारलाई अघिल्लो क्यान्डलहरुसँग मिलाएर हेर्दा इन्भर्टेड बुलिस ह्याम्मर प्रकृतिको क्यान्डल बनेको देखिन्छ। यो भनेको बजारमा ट्रेन्ड परिवर्तन हुँदै गरेको भन्ने हो। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बजार करिब २१४० आसपास बन्द हुनुपर्नेछ। अर्थात् आगामी कारोबारमा बुलिस मारुबुजु क्यान्डल बन्नुपर्नेछ। 

आज बजार घट्दा भोलुम पनि घटेको छ। यसले बजारमा विस्तारै बिक्रेता हराउँदै गएको बुझ्न सकिन्छ। 

बोलिंगर ब्यान्डबाट हेर्दा आज बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। डेली बेसमा म्याक्डीमार्फत हेर्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। 

आरएसआईबाट हेर्दा ४९ को तहबाट फर्किन खोजेको देखिन्छ। 

बजारलाई वान आवर टाइम फेरेमबाट हेर्दा भने अल्पकालमा बजार रिभर्सल हुन सक्ने देखिन्छ। आरएसआई करिब ओभर सोल्ड जोन ३० बाट फर्केर माथिको यात्रा तय गरेको देखिन्छ। 

म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहे पनि हिस्टोग्राम केही फिक्का र छोटा–छोटा हुँदै गएका छन्। तर, क्रसओभर भने भइहालेको अवस्था भने होइन। 

वान आवर टाइम फेरेममै बोलिंगर ब्यान्डबाट हेर्दा एकपटक लोवर ब्यान्डमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको छ। मनी फ्लो इन्डेक्सबाट हेर्दा करिब ओभर सोल्ड जोनमा ‘डब्ल्यू’ आकार बनेर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।