काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस प्रकृतिको ह्याम्मर क्यान्डल बनेको छ।
यदि घट्दो बजारमा ह्याम्मर प्रकृतिको क्यान्डल बन्छ भने त्यसले घट्दो बजारलाई ह्याम्मरले हान्न खोजेको भन्ने बुझिन्छ। अर्थात् यसले बजारमा ट्रेन्ड परिवर्तन हुन लागेको संकेत गर्छ।
यसअघि पनि यस्तै क्यान्डल बनेपछि बजारमा बढोत्तरी भएको थियो। (हेर्नुहोस् हरियो एरो)
लामो सयमपछि आज त्यही प्रकृतिको क्यान्डल बनेको छ। (हेर्नुहोस् कालो एरो )
चार घन्टाको कारोबारमा आज पहिलो प्रहरमा घटे पनि अन्तिममा बजार ९ अंकले बढेर बन्द भएको छ। त्यसभन्दा पहिले बनेका ३ वटा आवरली क्यान्डललाई अन्तिम आवरको क्यान्डलले कभर गरेर त्यहाँभन्दा माथि पुगेर आज बजार बन्द भएको छ। तर, आजको बुलिस ह्याम्मर क्यान्डल भ्यालिड नै हुन भने आगामी कारोबारमा बजार यसअघिको क्यान्डलको उच्च विन्दु अर्थात बजार २१०० भन्दा माथि गएर बन्द हुनुपर्ने हुन्छ।
भोलुममार्फत हेर्दा आज अन्तिम आवरमा बजार बढ्दा भोलुम पनि बढेको छ। तर, अघिल्लो दिनको तुलनामा भने कारोबार घटेको छ।
पिभटमार्फत हेर्दा आज सामान्य अंकले बढेको बजारले आगामी कारोबारमा पहिलो प्रतिरोध २१२१ मा सामना गर्न सक्छ। यदि त्यहाँबाट पनि बढ्यो भने बजारमा दोस्रो प्रतिरोध २१६४ र तेस्रो प्रतिरोध २२०५ मा सामना गर्न सक्छ।
आज २०६० मा सपोर्ट लिएको बजारले घटेमा भने पुनः त्यही विन्दुमा सपोर्ट लिन सक्छ। त्यहाँबाट पनि घटेमा भने क्रमशः २०४५, २०२१ र २००० मा सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19