काठमाण्डौ । सेयर बजार आज दिनभर तल–माथि गरेको थियो। अन्तिम समयमा बजार १७ अंकले बढेर बन्द भएको छ। बजार बढ्दा आज भोलुम भने बढ्न सकेको छैन। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा करिब १ महिनाको गिरावटपछि केही फरक अवस्था देखिएको छ। आज बजारले करिब सपोर्ट विन्दुनजिक ट्विजर बटम बनाएको छ।(हेर्नुहोस् हरियो एरो) 

यदि लामो समयदेखि गिरावट आएको बजारमा २ वटा क्यान्डल एकै प्रकृतिका बन्छन् भने त्यसलाई ट्विजर बटम भनिन्छ। नेप्सेको चार्टमा सोमबार र मंगलबार बनेका २ वटा क्यान्डलको न्यून विन्दु करिब १९९० मा देखिएका छन्। 

ट्विजर बटमको अर्थ बजारको न्यून विन्दुमा समान प्रकृतिका क्यान्डल बनेको भन्ने हो। यसले बजारमा अब तीव्र बढोत्तरीको अर्थ राख्छ। अर्थात बियरिस यात्रा सकिएको संकेत गर्छ। 

यसअघि पनि गत मे १५ र १६ तारिखमा करिब १८०० को विन्दुमा यस्तै प्रकृतिको क्यान्डल बन्दा बजारको यात्रा २२४० सम्म पुगको थियो (हेर्नुहोस् कालो एरो)। यसको कन्फर्मेसनका लागि यदि आगामी कारोबारमा २०३५ भन्दा माथि भोलुमसहित बजार बन्द भएमा माथिको यात्रा करिब निश्चित भएको बुझिन्छ। 

पिभटमार्फत हेर्दा यदि आगामी दिनमा बढ्छ भने बजारले पिभट प्वइन्ट २०४७, २०८० र २१२७ मा प्रतिरोध सामना गर्न सक्छ। यदि आगामी दिनमा घटेमा बजारले २०००, १९६७ र १९२० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।