काठमाण्डौ । करिब महिनादेखि डाउन ट्रेन्डमा रहेको सेयर बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ। 

यसअघि नेप्सेको सपोर्ट विन्दु करिब १९९० मा बजारले ट्विजर बटम बनाएको थियो। आज बनेको बुलिस मारुबुजु क्यान्डलले अघिल्लो कारोबारमा बनेको ट्विजर बटमलाई भ्यालिड गरेको छ। अर्थात् अब बजारले तीव्र रुपमा अप ट्रेन्डको बाटो तय गर्ने बुझिन्छ। 

एक घन्टाको समयावधिमा आजको बजारलाई हेर्दा बोलिंगरको मध्य ब्यान्ड ब्रेक गरेर माथि गएको छ। म्याक्डीमा बुलिस क्रसओभर बनेको छ। आरएसआई ओभर सोल्ड जोन ३० बाट फर्केर हाल ५८ को तहमा पुगेको छ। आज बजार बढ्दा अन्तिम समयमा भोलुम पनि बढेको छ। 

बजारलाई डेली बेसमा हेर्दा बोलिंगरको तल्लो ब्यान्डबाट फर्केर बुलिस क्यान्डल बनेको छ। यदि आगामी कारोबारमा मध्य ब्यान्ड आर्थात २०६० भन्दा माथि टिकेर बजारमा कारोबार हुन्छ भने बजार अप ट्रेन्डमा लागेको थप प्रस्ट हुन्छ। 

म्याक्डीमा हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा छोटा र फिक्का हुँदै गएका छन्। म्याक्डीमा पनि करिब १ महिनापछि बुलिस क्रसओभरको सम्भावना रहेको देखिन्छ। 

डेली बेसमै आरएसआई ३६ को तहबाट फर्केर हाल ४७ को तहमा पुगेको छ। यदि आगामी दिनमा ५० को तहभन्दा माथि लागेमा बजार अप ट्रेन्ड लिएको बुझिनेछ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारले करिब अप ट्रेन्ड लिएको मान्न सकिन्छ। तर, अझै कन्फर्मेसनका लागि भने बजरमा डेली बेसमा म्याक्डीका बुलिसक्रस र बोलिंगरको मध्य ब्यान्डमा ब्रेक गर्नुपर्ने हुन्छ। त्यसका लागि आगामी कारोबारमा बजार २०६५ भन्दा माथि भोलुमसहित बन्द हुनुपर्नेछ। 

पिभटमार्फत आजको बजारलाई हेर्दा पिभट प्वइन्ट २०४५ मा बन्द भएको छ। यदि त्यहाँबाट माथि गएमा बजारले अबको प्रतिरोध २०८०, २१२७ र २१६० मा सामना गर्न सक्छ। घटेमा भने बजारले क्रमशः २०००, १९६७ र १९२० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।