काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा इन्भर्टेड ह्याम्मर बनेको छ। 

लामो समयको बजार घटाइसँगै यदि कम्पनी वा सूचक अघिल्लो दिनको स्तरभन्दा तल खुल्छ र दिनभरको कारोबारमा उच्च विन्दुमा पुगेर ओपनिङ मूल्य वा विन्दुभन्दा केही माथि बन्द हुन्छ भने त्यसलाई इन्भर्टेड ह्याम्मर भनेर बुझिन्छ। यसले नेप्सेमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बजार अघिल्लो दिनको कारोबारको उच्च विन्दु २०१५ भन्दा माथि बन्द हुनुपर्नेछ। यदि आगामी कारोबारमा आजको न्यून विन्दु १९८८ भन्दा तल गएमा ट्रेडरहरुले स्टप–लस सेटअप पनि गर्न सक्नेछन्। 

बजारलाई भोलुममार्फत हेर्दा आज ३ महिनायता गत १७ मेपछिकै कम कारोबार भएको छ। यसले बजारमा भोलुम ड्राई–अप बन्दै गरेको पनि बुझिन्छ। 

विगतमा पनि बजारमा केही समय भोलुम १ अर्ब तल भएपछि बजारमा बाउन्स ब्याक आएको थियो। यस हिसाबले अबको केही कारोबारमा भोलुम ड्राई–अप भएमा त्यसपछि बजारमा बाउन्स पनि आउन सक्नेछ। 

पछिल्लोपटकको बजारलाई इलिअट वेभबाट नियाल्दा पनि माइनरको वेभ–२ करिब १९९० आसपासमा ०.६१८ प्रतिशतको रिट्रेसमेन्टमा सकिएको हुन पनि सक्छ। यदि त्यसो भएमा अब बजारमा सुधार आउन सक्छ। यो भनेको वेभ–३ हुनेछ। जुन भनेको बजारमा तीव्र बढोत्तरी पनि हुन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।