काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा इन्भर्टेड ह्याम्मर बनेको छ। 

लामो समयको बजार घटाइसँगै यदि कम्पनी वा सूचक अघिल्लो दिनको स्तरमा बजार खुल्छ र दिनभरको कारोबारमा उच्च विन्दुमा पुगेर ओपनिङ मूल्य वा विन्दुभन्दा केही माथि बन्द हुन्छ भने त्यसलाई इन्भर्टेड ह्याम्मर क्यान्डल भनेर बुझिन्छ। यसले नेप्सेमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बजार अघिल्लो दिनको कारोबारको उच्च विन्दु १९१० भन्दा माथि बन्द हुनुपर्नेछ। 

बजारलाई भोलुममार्फत हेर्दा गत १८ सेक्टम्बरपछि आज कम कारोबार भएको छ। अर्थात् १ अर्ब ९ करोड रुपैयाँबराबर कारोबार भएको छ। यसले बजारमा भोलुम ड्राई–अप बन्दै गरेको पनि बुझिन्छ। अर्थात् लगानीकर्ता थप घटेर बेच्न नचाहेको बुझ्न सकिन्छ। 

विगतमा पनि बजारमा केही समय भोलुम १ अर्ब रुपैयाँआसपास भएपछि बजारमा बाउन्स ब्याक आएको थियो। यस हिसाबले अबको केही कारोबारमा भोलुम ड्राई–अप भएमा त्यसपछि बजारमा बाउन्स पनि आउन सक्नेछ। 

आरएसआईबाट नियाल्दा पनि बजार ओभर सोल्डजोन ३० नजिक पुगेर आज हुक बनेको छ। यसले बजार विस्तारै सम्हालिन थालेको बुझ्न सकिन्छ। 

बजारलाई फिबोनासी नम्बरमार्फत हेर्दा पनि पनि पछिल्लोपटकको उच्च विन्दुबाट आज १३ औँ दिनमा बजार फर्केको छ। यस्ता नम्बर 1+2=3, 2+3=5, 3+5=8, 5+8=13  र 8+13=21 नम्बर महत्वपूर्ण रहेका हुन्छन्। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।