काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै आज एउटै क्यान्डलले अघिल्ला ५ वटा क्यान्डललाई ढाकेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। यद्यपि आजको बढोत्तरीमा भोलुमले भने बजारलाई साथ दिएको देखिँदैन। 

बजार पछिल्लोपटक १८५० को बलियो विन्दुमा सपोर्ट लिएर फर्केको छ। त्यहाँबाट माथि लागेको बजारले अब बोलिंगरको मध्यब्यान्ड १९४८ मा प्रतिरोध सामना गर्न सक्छ। 

म्याक्डीमार्फत आजको बजारलाई हेर्दा बियरिस क्रसओभर भ्यालिड नै छ। तर, हिस्टोग्राम केही फिक्का र छोटा भएका छन्। 

आरएसआई पनि आज ओभर सोल्ड जोन २८ बाट फर्केर ४२ को तहमा पुगेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। 

बजारलाई इलिअट वेभबाट हेर्दा माइनरको दोस्रो वेभ १८५० मा बनाएको मान्न सकिन्छ। यसको निश्चितताका लागि भने बजारको केही समयको मुभमेन्ट हेर्नैपर्ने हुन्छ। यद्यपि, हाल बढेको बजार २०४० भन्दा माथि–माथि टिक्छ भने बजारले वेभ ३ बनाउने सम्भावना अधिक रहन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।