काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले योग्य संस्थागत लगानीकर्ता(क्यूआईआई) हरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

नेप्सेले यसअघि दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुका लागि नवीकरणवापत ५ हजार रुपैयाँ र नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकेको छ ।

नेप्सेले बुक विल्डिङ विधिमार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई नवीकरण शुल्क  बुझाउन भनेको हो । साथै उसले ग्लोबल आइएमई बैंक कमलादीमा तोकिएको शुल्क बुझाउन पनि भनेको छ । 

बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकताहरूलाई शिलबन्दी बोलकबोलमार्फत धितोपत्रमा आवेदन दिनका लागि नेप्सेले दर्ता हुन भनेको हो । बुक विल्डिङ विधिमार्फत आईपीओको मूल्य निर्धारणमा सहभागी हुने योग्य संस्थागत लगानीकर्ताहरू नेप्सेमा सूचीकृत हुनुपर्दछ ।