काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा ड्रागनफ्लाई डोजी स्टार बनेको छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो ब्यान्डमा आज यस्तो आकृति बनेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यस्तो आकृति लामो समयको गिरावटपछि यदि रातो क्यान्डलपछि बन्छ भने त्यसले ट्रेन्ड रिभर्सल अर्थात अप ट्रेन्डको संकेत गर्छ। यसको ठीकविपरीत लामो समयको बढोत्तरी र हरियो क्यान्डलपछि बनेमा बजारमा करेक्सनको संकेत गर्छ। 

आज बजारमा रातो क्यान्डलपछि ड्रागनफ्लाई डोजी बनेका कारण बजारमा आगामी कारोबारमा बढोत्तरी आउन सक्छ। तर, यो भ्यालिड नै हुन भने बुधबारको क्यान्डलभन्दा अब बन्ने क्यान्डल लामो हुनुपर्नेछ। अर्थात अब बजार बढेर २००० भन्दा माथि बन्द भएमा अप ट्रेन्डको यात्रा तय गर्दै गरेको बुझिनेछ।  

आगामी कारोबारमा यदि मूल्यरेखा मध्य ब्यान्डभन्दा माथि गएमा बजारले माथिको यात्रा तय गरेको बुझिनेछ। 

म्याक्डीमा बियरिस क्रसओभरसँगै हिस्टोग्राम नेगेटिभ नै भएका छन्। आरएसआई ३५ को ओभर सोल्ड जोन नजिक रहेको छ। यसले बजारमा बिक्रीचाप रहेको संकेत गर्छ।