काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ। 

आज ४ घन्टाको कारोबारमा पहिलो आवरमा बजार घट्यो भने दोस्रो र तेस्रो आवरमा बढेको थियो। अन्तिम आवरमा बजार केही अंक घटे पनि सकारात्मक नै भएर बन्द भएको छ। अन्तिम आवरमा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्री दबाब नै रहेको बुझ्न सकिन्छ। 

बजारलाई १५ मिनेटको चार्टमा हेर्दा बजारले हायर हाई बनाउन खोजेको तर नसकेको देखिन्छ। आज २०६६ मा बन्द भएको बजार यदि करेक्सन आएर २०४८ मा टिक्छ भने र बिहीबारको उचाइ २०८० भन्दा माथि–माथि बन्द हुन्छ भने अल्पकालीन लगानीकर्ताका लागि बजार पस्ने अवसर हुन सक्छ। तर, यदि बजार आगामी कारोबारमा २०४८ बाट तल झर्छ भने बजारले नयाँ लोवर लो बनाउन पुनः तल झर्न पनि सक्छ। 

डेली बेसमा आजको बजारलाई हेर्दा अनिर्णयको संकेत देखिन्छ। डेली बेसमा हेर्दा २११५ भन्दा माथि भोलुमसहित टिकेर कारोबार हुन्छ भने बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ। 

म्याक्डीमार्फत बजारलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। तर, हिस्टोग्राम भने फिक्का र छोटा–छोटा हुँदै गएका छन्। 

आजको कारोबारमा आरएसआई र मनी फ्लो इन्डेक्समा  खासै सुधार देखिँदैन। यस हिसाबले बजारमा सुधार आउन २१०० माथि भोलुमसहित कारोबार हुनुपर्ने देखिन्छ। 

पिभटमार्फत हेर्दा आज बजारले २०८१ मा पहिलो प्रतिरोध सामना गरेको छ। यदि त्यहाँबाट माथि जान्छ भने बजारले क्रमशः २१०१, २१२० र २१४२ मा प्रतिरोध सामना गर्न सक्छ। घटेमा भने बजारले क्रमशः २०४०, २०२० र २००० मा सपोर्ट लिन सक्छ। 

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।