काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्समा करिब ११ महिनापछि उच्च कारोबार भएको छ ।

यसअघि गत वर्ष पुस २६ गते  ७ अर्ब ६५ करोड रुपैयाँको उच्च कारोबार भएको थियो । त्यसयता यो दिन उच्च कारोबार भएको  छ। यो दिन ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

गत वर्ष उच्च कारोबार हुँदा शुटिङ स्टार प्रकृतिको क्यान्डल बनेको थियो । यो दिन भने बुलिस प्रकृतिको क्यान्डल बनेको छ । तर अन्तिम समयमा भने बिक्री दबाब आएका कारण ह्याम्मर प्रकृतिको क्यान्डल बनेको छ ।

एक घण्टाको समय अवधिमा बजारलाई नियाल्दा यो दिन नाफा बुक पनि चलेको देखिन्छ । 

यहि क्यान्डलको आधारमा बजारको दिशा अहिले नै निधारण गर्न भने कठिन छ । आगामी कारोबारमा यदि बजार आजको उच्च विन्दु २ हजार ७० भन्दा माथि माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ ।

तर आजको न्यूनविन्दु २ हाजर ४० भन्दा तल तल कारोबार भएको खण्डमा भने नाफा बुक चलेर मात्रै बजारले अप ट्रेन्ड लिन सक्छ ।

बजारले जहिल्यै पनि एकोहोरो बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन ।सानो सानो करेक्सन आउँदै बजार बढ्यो भने त्यस्तो बजार बलियो हुँदै जान्छ । र बजारले पुनः माथिको यात्रा तय गर्दछ ।

आवरली बेसमा हेर्दा हाल करिब- करिब ओभर बट जोनमा रहेको बजार यदि आगामी दिनमा पनि बढेमा २ हजार १०० विन्दु आसपासबाट सामान्य करेक्सनको सम्भाबना पनि । जुन भनेको खरिद अवसर पनि हुन सक्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण, यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )