काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, र शिवम् सिमेन्ट्सको सेयरमूल्य समायोजन भएको हो। मूल्य समायोजनपछि  लक्ष्मी सनराइज बैंकको सेयरमूल्य प्रतिकित्ता १८१.५९ रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३७१.७५ रुपैयाँ, र शिवम् सिमेन्ट्सको सेयरमूल्य ५१७.२९ रुपैयाँ कायम भएको छ ।  

यसअघिको अन्तिम कारोबार दिन लक्ष्मी सनराइज बैंकको सेयरमूल्य प्रतिकित्ता १९४.३० रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ४०८ रुपैयाँ, र शिवम् सिमेन्ट्सको सेयरमूल्य ५९१ रुपैयाँ कायम थियो । 

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर, मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत, र शिवम् सिमेन्ट्सले १४.२५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन् ।