काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार २०.६२ अंकले बढेर २ हजार ८०.१२ विन्दुमा बन्द भएको छ ।
यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६४ अंकले बढेर ३८२.९० को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०९ वटा कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको कारोबार बारे बजार जानकार दामोदर गजुरेल भन्छन्,‘ बजार सेक्टर रोटेसन हुँदै चलेको छ,आज हाइड्रोपावर समूहमा करेक्सन आएर विकास बैंक र वित्त समूह चलेको देखिन्छ, यसले बजार बलियो हुँदै माथि जाने देखिन्छ ।’
उनका अनुसार अहिले केहि संस्थागत लगानीकर्ताहरुले लगानी गरेको देखिन्छ । मुद्दती निक्षेपमा ब्याजदर घटेका कारण सेयरमा लगानी बढेको छ।प्राविधिक रुपमा पनि बजार बलियो नै देखिन्छ।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्,‘ केहि समयदेखि घटेको बजारमा करेक्सन सकिएको देखिन्छ ।बैंकको आधारदर ७०देखि ८० पैसा घटेर आउने चर्चा बजारमा सुनिन्छ, यसले ब्याजदरलाई घटाउन सहयोग गर्दछ।अहिले सेयर बेच्नेहरुले नै केहि समय होल्ड गरेको देखिन्छ भने खरिदकर्ताहरु आक्रामक देखिन्छन् ।’
उनका अनुसार बजार चाहिं सेक्टर रोटेसन हुँदै चलेको देखिन्छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये हाइड्रोपावर, म्याुनफ्याक्चर र म्युचुअल फन्ड बाहेक सबै समूहमा हरियाली छ ।
यो दिन सबैभन्दा बढी विकास बैंक समूह ५.२१ प्रतिशतले बढेको छ। त्यस्तै वित्त समूह ३.६४ प्रतिशतले बढेको छ ।त्यस्तै होटल्स एन्ड टुरिजम समूह २.७२ प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ ।
कम्पनीको २१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै सोल्टी होटल्सको १७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै माउन्टेन इनर्जिपावरको १२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा बढी कमाउने र गुमाउने
यो दिन १० वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन रि-इन्स्योरेन्स, अपरस्यांगे हाइड्रोपावर,त्रिशुली जलविद्युत् कम्पनको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, तेह्रथुम पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यो दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.१९ प्रतिशतले घटेको छ ।त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५.९० प्रतिशतले घटेको छ ।
त्यस्तै विन्ध्यवासिनी हाइड्रोपावरको सेयरमूल्य ५.७० ले घटेको छ।त्यस्तै सुपरमादि हाइड्रोपावरको सेयरमूल्य ५.२९ प्रतिशतले घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19