काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५ हाईड्रोसहित ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबार खुलेको करिब डेढ घण्टामा ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

यो समाचार तयार पार्दाको समय १२: ३५ बजेसम्ममाहिमालयन पावर पार्टनर,मध्यभोटे कोशी,त्रिशुली जलविद्युत,मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयर हाउजिङ,हिमालयन रिइन्स्योरेन्स,डोल्टी पावर र पिपुल्स पवारको सेयरमूल्यमा सकारात्मक सर्किट  लागेको हो । 

यो अवधिसम्म नेप्सेमा २१७ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । 

नेप्से परिसूचक पनि ३१.२५ अंकले बढ्दै २१२०.२५ को बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म १ अर्ब ६९ करोड बढीको कारोबार भएको छ ।