- अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने २ दिन घटेको छ।
अघिल्लो साता २१२६.४८ मा बन्द भएको बजार यो साता २०८९.८४ मा बन्द भयो। यस हिसाबले यो साता बजारमा ३६.६४ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा ३७.४४ अंकले गिरावट आएको थियो।
यो साता बजारमा ९ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता १६ अर्ब ८८ करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ।
यो साता नेप्सेको बजार पुँजीकरण ३० खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो साता बजार पुँजीकरण ३१ खर्ब २५ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो साता लगानीकर्ताले ५४ अर्ब रुपैयाँ गुमाएका छन्।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभमार्फत बजारलाई पछिल्लोपटकको न्यून विन्दु १८०० देखि हेर्दा हालको करेक्सन माइन डिग्रीको २ र मिनेटको ए, बी र सी चलेको हुन सक्छ। बजारमा ए, बी र सी करेक्सन चल्दै गर्दा यदि मिनेटको सी वेभ पेन्डिङ हो भने बजारमा हालको करेक्सन १९८० देखि २००० हजारसम्म आउन पनि सक्छ। यदि बजार २०६० बाट नै माथि जान्छ भने बजारमा अब इन्टरमिडियट डिग्रभित्रको मिनेटको पनि थ्री अर्थात थ्री अफ थ्री हुन सक्छ। यस आधारमा भन्दा माइनरको ३ वेभमा फिवोनासीको १.६१ प्रतिशतको बढोत्तरीले बजार २७६० सम्म पुग्न सक्ने प्रबल सम्भावना रहन्छ। वेभ ४ मा ०.३८ प्रतिशत करेक्सन भएर २५०० सम्म आउन सक्छ। त्यसपछि माइनरको वेभ ५ भनेको बजार करिब ३००० देखि ३२०० सम्म पुग्न सक्छ। यसका लागि बजारमा करिब ६ महिनादेखि १ वर्षको समय लाग्न सक्छ। जसलाई बजारमा अन्य इन्डिकेटर जस्तै ट्रिपल बटम प्याट्रन, बजारको २ वर्षको टाइम करेक्सन र प्राइस करेक्सनले पनि पुष्टि गर्दै गएको छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा )
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डबाट हेर्दा अघिल्लो साता अपर ब्यान्डमा सुटिङ स्टार बनेको थियो। यो साता पनि रातो क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब आएको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम फिक्का रहेको छ। आरएसआईमार्फत हेर्दा हाल लोवर हाई बनाएको देखिन्छ। तर, बजारलाई लामो समय अवधिको आरएसआईबाट हेर्दा अप ट्रेन्डमा चलेको देखिन्छ।
मनी फ्लो इन्डेक्सबाट हेर्दा हाल ओभरबट जोन नजिक ७६ को तहमा रहेको छ। बजारलाई इन्डिकेटरहरुमार्फत हेर्दा भने केही करेक्सनको सम्भावना देखिन्छ।
पिभट प्वइन्टका आधार
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट: २१६४
घटेमा सपोर्ट
निष्कर्ष
अघिल्लो साता ३६ अंकले घटेको बजार यो साता पनि ३७ अंकले बजार घटेको छ। यो साता बजार घट्दा कारोबार पनि घटेको छ। अघिल्लो साताको तुलनामा यो साता बजारमा कारोबार र सूचक दुवै घटेको छ।
बजारलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। किनकि अघिल्लो साता बोलिंगरको अपर ब्यान्डमा सुटिङ स्टार बनेको थियो। यो साता पनि बजारमा खासै सुधार आउन सकेन। यस हिसाबले यदि बजारले अब मध्य ब्यान्डसम्म सपोर्ट लिन आउँछ भने त्यो २ हजार आसपास हुन सक्छ।
बजारलाई इलिअट वेभबाट हेर्दा यदि माइनरको ए, बी र सी नसकिएको हो भने पनि वेभ सी बनाउन बजार २००० आसपास आउन सक्ने देखिन्छ। त्यसपछि भने बजारमा थ्री अफ थ्री चल्ने र बजार माथि जान सक्ने देखिन्छ। त्यो भनेको माइनर डिग्रीको वेभ ५ को लम्बाइ करिब अघिल्लोपटकको उच्च विन्दु ३२०० सम्म हुन सक्छ। यो चक्र भनेको बजारले करिब अब ६ महिनादेखि १ वर्षसम्मको समयावधि लिएर पूरा गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19