काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

कम्पनीले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले पुस ५ गते अपरान्ह २ : ३० बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

सेयर कारोबार रोक्का गर्दै नेप्सेले तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्न कम्पनीलाई  भनेको छ । 

कम्पनीको गत पुस ५ गते अपरान्ह २ : ३० बजे बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।