काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको भदौ ३० गते बसेको २१८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा, गत वर्षको सञ्चित नाफा र गत वर्षको सेयर प्रिमियम रकम समेतबाट गरी १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले कम्पनीले ५ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड १८ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।