काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नेरुडे लघुवित्त विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको यही अवधिमा ४ करोड ६५ लाख रुपैयाँ रहेको खूद नाफा घटेर २ करोड २७ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको रिजर्ब मजबुत भएको छ भने खूद ब्याज आम्दानी, संचालन नाफा, प्रतिसेयर आम्दानीतर्फ पनि पहिरो गएको छ । 

कम्पनीको रिजर्ब अघिल्लो वर्ष २० करोड ८० लाख रहेकोमा यो वर्ष बढेर ३१ करोड ७८ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्षसम्म १५ करोड ५६ लाख रहेको खूद ब्याज आम्दानी घटेर १५ करोड ६ लाखमा सीमित बन्न पुुगेको छ । 

यस्तै, ७ करोड ३१ लख रहेको संचालन मुनाफा घटेर ३ करोड ५६ लाखमा सीमित बन्न पुुगेको छ।

समीक्षा अवधिमा नेरुडेले १ अर्ब ३० करोड निक्षेप संकलन गरी तथा १ अर्ब ६५ करोड सापटी लिई ३ अर्ब ३४ करोड बढीको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९२ करोड २२ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ३७ करोड बढीको सापटी लिई २ अर्ब ७१ करोड बढीको कर्जा प्रवाह गरेको थियो । 

कम्पनीको नाफा घट्दा र चुक्तापूँजी बढे अनुसार नाफा गर्न नसक्दा प्रतिसेयर आम्दानी ५१.७४ रुपैयाँबाट घटेर १४.८४ रुपैयाँमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०३.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.२४ गुणा कायम भएको छ ।