काठमाण्डौ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। 

विराटगरमा सोमबार दिउँसो एक कार्यक्रमबीच नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले आपसमा मर्जरमा जाने प्रारम्भक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै लघुवित्त संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन्। 

नेरुडे मोरङ जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था हो भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ। 

यी दुवै लघुवित्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्। मर्जरमा जाने सहमतिसँगै नेप्सेले अब दुवै लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्नेछ।