काठमाण्डौ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

दुवै लघुवित्तबीच गत बिहीबार मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। 

नेरुडे मोरङ जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था हो भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ।