काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा ११४ प्रतिशतको हाराहारीमा छलाङ मारेको छ। 

अघिल्लो वर्षको यही अवधिमा ३ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको खूद नाफा बढेर यो वर्ष ७ करोड ९७ लाखको उचाईमा पुगेको छ । 

खूद नाफामा आकर्षक प्रगति भएसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) १६.२५ रुपैयाँबाट ८९.२२ प्रतिशतले बढेर ३०.७५ रुपैयाँकोउचाईमा पुगेको छ । 

कम्पनीको संचालन मुनाफा ५ करोड ८६ लाखबाट बढेर १२ करोड ५३ लाखको उचाईमा पुगेको छ भने खूद ब्याज आम्दानी पनि २३.४२ प्रतिशतले बढेर २७ करोड ८७ लाखको उचाईमा पुगेको छ। 

समीक्षा अवधिमा नेरुडे लघुवित्तले १ अर्ब ८२ करोड निक्षेप संकलन गरी तथा २ अर्ब १७ करोड सापटी लिई ४ अर्ब ७८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २९.७१ प्रतिशत, सापटी ३५.५४ प्रतिशत र कर्जा बिस्तारतर्फ २७.५९ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

कम्पनीले अघिल्लो वर्षको यही अवधिमा २६ करोड २७ लाखमा सीमित रिजर्बको आकार बढाई ४५ करोड ४७ करोडको उचाईमा पुगेको छ । 
अघिल्लो वर्ष १.५६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर १.६८ प्रतिशत पुगेको छ। 

कस्ट अफ फण्डमा सामान्य कटौति गर्न सकेको यो कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ २३१.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.८० गुणा कायम भएको छ।