काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औँ वर्ष पूरा गरी ३६ औँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले आफ्नो ३६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीको सहभागिता थियो।
कम्पनीले देशभरमा ३४ वटा बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरेको छ। कर्मचारीहरुमाझ विभिन्न खेलकुद कार्यक्रम पनि सम्पन्न गरेको छ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित नेशनल लाइफले विगत वर्षसरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ। संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरिसकेको अवस्था छ।
कम्पनीको जीवन बीमा कोषमा रु. ५६ अर्बको हाराहरीमा रकम जम्मा भएको छ। आर्थिक वर्ष २०७७–७८ बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ। आ.व. २०७७–७८ को बीमांकीय मूल्यांकनपश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको सहर्ष जानकारी गराउँछौँ। कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगन्जमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ।
११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत छन्।
कम्पनीले स्थापनाकालदेखि २०७९ साल पुस मसान्तसम्म कुल बीमाशुल्क आम्दानी रु. ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कुल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कुल रु. २९ अरब ६० करोडबराबर बीमा दाबी भुक्तानी गरेको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले व्यावसायिकता, प्रविधिमैत्री पारदर्शिता एवं विश्वसनीयतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीप्र्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ता एवं शुभेच्छुकप्रति कम्पनीले आभार ब्यक्त गरेको छ। यसका साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुवाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कम्पनीले कृतज्ञता व्यक्त गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19