काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८–७९ को बीमांकीय प्रतिवेदन श्री नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।
कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ। सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार रु.६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रतिहजार रु.६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ र सो भन्दा माथिका लागि प्रतिहजार रु.८५ तोकेको छ।
त्यस्तै, सावधिक तथा आजिवन बीमालेखअन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधिसम्मको लागि प्रति हजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार रु.८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु.८५ छ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार रु.६३, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार रु. ६३, १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार रु.६४, २० र सो भन्दा माथिका लागि प्रतिहजार रु.६४ को दरले बोनस दर तोकिएको छ।
उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा÷दाबी÷पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुनेछ। ठूलो जीवन बीमा कोष भएको यस कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गर्दै आइरहेको छ।
कम्पनीको यस सफलताका लागि सबै बीमीत, अभिकर्ता, कर्मचारी, नेपाल बीमा प्राधिकरण, सबै सरोकारवाला एवं शुभेच्छुकमा कम्पनीले आभार व्यक्त गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19