काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ गरेको छ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०७९ चैत महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकिय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा सञ्चालन गरिएको नेपालको एकमात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए।

यसका साथै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताको सम्मान कार्यक्रमको आयोजनासमेत गरिएको थियो। सो अवसरमा उपस्थित अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईबाट उत्प्रेरणा तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएकोे थियो।

प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराए। उनले योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्तालाई प्रमाण पत्र र मेडल प्रदान गरेका थिए। 

सहभागी अभिकर्ताहरुले नेपालको एकमात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।