काठमाण्डौ । एनआइसी एशिया बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।

हाल एनआइसी एशिया बैंकको मुलुकभर २३३ शाखा कार्यालय, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । यो बैंकका ग्राहक संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।