काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांश परिमाजर्न गर्दै बोनस सेयर बढाएको छ।
कम्पनी सञ्चालक समितिले यसअघि गत साउन ३२ गते १५ प्रतिशत नगद र २.५ प्रतिशत बोनस गरी कुल १७.५ लाभांश प्रस्ताव गरी बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो। तर बीमा समितिले भदौ ३१ गते कम्पनीमा पत्र पठाउँदै वित्तीय विवरणसम्बन्धी निर्देशिकाअनुसार नभएको हुनाले परिमार्जित वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो।
बीमा समितिकै निर्देशनपछि कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यसअघि लाभांश परिमार्जन गरेको हो। जसअनुसार अब कम्पनीले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
यसरी हेर्दा बीमा समितिको निर्देशनपछि कम्पनीको कुल लाभांश ६.९७ प्रतिशतले घटेको छ। तर बोनस सेयर ७.५ प्रतिशतले बढेको छ।
अब परिमार्जन गरी प्रस्ताव गरिएको लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19