काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ।

कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानीका स्व. प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण घरमै मृत्यु भएको थियो। 

दिक्तेल शाखाका प्रमुख नवीन श्रेष्ठले आज गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख ८३ हजार ९५८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।