काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) १५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ४ अर्ब ३७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो ३ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो। 

यो अवधिसम्म कम्पनीले ७ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ अर्ब ४ करोड खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर १ अर्ब १० करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च १ अर्ब २० करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीले जीवन बीमा कोषको आकार १८.५९ प्रतिशतले बढेर ६० अर्ब २५ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो कोषमा ५० अर्ब ८० करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ८ करोडरुपैयाँ रहेको रिजर्भको आकार ६१.३८ प्रतिशतले घटेर ४० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ। 

चौथो त्रैमाससम्म कम्पनीले ३६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा ५०.६८ प्रतिशतले कम हो। 

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या १७ लाख ५१ हजार ३६१ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १३ लाख ३९ हजार १८ रहेको थियो।

चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ७.२८ रुपैयाँ, पीई रेसियो ८८.७२ गुणा र प्रतिसेयर नेटवर्थ ११७.४८ रुपैयाँ रहेको छ।