काठमाण्डौ । कोरोनाभाइरसले सम्पूर्ण विश्व थला परेको छ । विश्वका २०० भनदा बढि देश यसको चपेटामा परेका छन् । विश्वभरका वैज्ञाकिहरु यो भाइरस विरुद्धको भ्याक्सिन बनाउन लागिपरेका छन् । यस्तोमा यो भाइरसको उत्पत्ति कसरी भयो भनेर प्रश्नहरु उठ्न थालेका छन् । 

यो भाइरस फैलाउनमा को जिम्मेवार छ भनेर खोजी हुुन थालेको छ । अमेरिकासहित कयौ देशहरुले चीनले यो भाइरसलाई बनाएको भनेर आरोप लगाइरहेका छन् । तर चीनले यी आरोपहरुको खण्डन गर्दै आइरहेको छ । 

यस्तोमा अब नोबेल पुरस्कार विजेता वैज्ञानिकले पनि चीनलाई यो भाइरस बनाएको भनेर आरोप लगाएका छन् । उनका अनुुसार यो भाइरस चीनको वुुहानमा रहेको प्रयोगशालाबाट फैलिएको हो । सन् २००८ मा चिकित्सा क्षेत्रमा नोबेल पुुरस्कार जितेका फ्रान्सका भायरोलोजिस्ट वैज्ञानिक लुुक मोन्टाग्नियरका अनुुसार कोरोनाभाइरस चीनको वुुहानमा रहेको प्रयोगशालाबाट फैलिएको हो । 

उनले चीनको एक वैज्ञानिक प्रयोगशालामा एड्सको भ्याक्सिन बनाउने प्रयास गर्दा कोभिड १९ को जन्म भएको र चीन हँुुदै बाँकी विश्वमा फैलिएको दाबी गरेका छन् । लुुकको यो दाबीले विश्वभरको विज्ञान र राजनीतिक क्षेत्रमा हंगामा मच्चाइदिएको छ । 

लुुकका अनुुसार यो भाइरस एक प्रयोगशालाबाट लिक भएको र यो मानवनिर्मित हो । लुुक तिनै वैज्ञानिक हुुन जसले एचआइभीको खोज तथा अनुुसन्धानमा अहम् भूमिका खेलेका थिए । 

लुुकले कोरोनाभाइरसको जिनोममा एचआइभि र मलेरियाको तत्वहरु पाइएकाले यो प्राकृतिक रुपले पैदा भएको भनेर भन्न नसकिने दाबी गरेका छन् ।

लुुकले फ्रान्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा वुुहानको बायोसेफ्टी प्रयोगशाला सन् २००० देखि नै कोरोनाभाइरस माथि अनुुसन्धान गरिरहेको छ । त्यसैले उनका अनुुसार यो भाइरस एक औद्योगिक घटनाको परिणाम पनि हुनसक्छ । 

एसिया  टाइम्सले पनि सन् २००० देखि यो प्रयोगशालामा कोरोनाभाइरस सम्बन्धी अनुुसन्धान भइरहेको भनेर दाबी गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वुुहानको इन्स्टिच्यूट अफ भाइरोलोजीबाट लिक भई यो भाइरस फैलिएको आरोप लगाएका थिए । तर चीनका  भाइरोलोजि ल्याबका प्रमुुख निर्देशकले युुवान झिमिङले लुुक मोन्टाग्नीयरको आरोप र दाबीलाई झुुठो र आधारहीन भनेका छन् ।
एजेन्सी