काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीको ७ औँ र ८ औँ साधारण सभा पुस २४ गते अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालक र स्वतन्त्र संचालक एक जना र सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय भएका छन् । 

यस्तै सभामा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो ।