काठमाण्डौ । सेयर बजार आज बिहानै खुलेदेखि निरन्तर घटेको थियो। दिनभर ओरालो लागेको बजार आज अन्तिममा २० अंकले घटेर बन्द भएको छ।

प्राविधिक रुपमा आजको बजारमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। आज घटे पनि बजारले अन्तिम २ घन्टाको कारोबारमा १९९० को विन्दुमा सपोर्ट लिएको देखिन्छ। 

बजारले पटक–पटक १९९० मा सपोर्ट लिँदा नयाँ लोवर लो भने बजारले बनाउन सकेको छैन।  यसअघि पनि बजारले २१ र २२ अगस्टमा यही विन्दुमा ट्विजर बटम बनाएको थियो। बजार घट्दा पनि भोलुम खासै नआउनुले बजारले यो विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ।

आवरली बेसमा बजारलाई हेर्दा मध्य ब्यान्डबाट तल झरेको छ। तर, मध्य ब्यान्डलाई टच गरिसकेको अथस्था भने होइन। 

आवरली बेसमै बजारलाई म्याक्डीमार्फत हेर्दा आज बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ बनेका छन्। 

आरएसआई ओभर सोल्डजोन ३६ नजिक पुगेको छ। घट्दो बजारमा यस्तो तह ३० भन्द तल पुग्न सक्छ। 

पिभट प्वइन्टमार्फत हेर्दा बजारले अब क्रमशः १९८५, १९५६ र १९२३ मा सपोर्ट लिन सक्छ। बढेमा भने बजारले २०१८, २०४७ र २०८० मा प्रतिरोध सामना गर्न सक्छ। 

आगमी कारोबारमा यदि १९९० बाट तल झरेमा भने बजार पिभट प्वइन्टको दोस्रो सपोर्ट १९६० आसपासमा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।