काठमाण्डौ । महालक्ष्मी बिकास बैँकको परासीस्थित शाखा कार्यालयले बसन्तपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर माघ ८ गते मनरी–५ तिलौली नवलपरासीे स्थित त्रिमूर्ती प्राथमिक विद्यालयलाई एक समारोहका बीच २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर नरेन्द« गुप्ता प्रमुख अतिथी तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेशप्रसाद राय अतिथिको रुपमा उपस्थित थिए ।
महालक्ष्मी बिकास बैँकको यो सहयोगले अहिलेको आधुनिक युगमा, शहरमा जस्तै गाउँ–गाउँमा विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न विद्यालय सक्षम भएकोमा मेयर नरेन्द« गुप्ताले खुशी व्यक्त गरेका थिए ।
सो अवसरमा सरावल गाँउपालिका बडा नं २ का अध्यक्षशम्भु प्रसाद चौधरीले बैँकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा त्रिमूर्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक मस्जीद अलि अन्सारीले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा महालक्ष्मी बिकास बैँकलाई धन्यवाद दिएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago