काठमाण्डौ । विश्वभर ‘वाक’ स्वतन्त्रता हक आमनागरिकलाई छ । तर एउटा कुखुराको ‘बास्न’ पाउने अधिकारको मुद्दा अदालतमा पुग्यो भन्दा सायद अपत्यार लाग्न सक्छ । कसैले यो हुनै नसक्ने पनि भन्लान्। तर फ्रान्सको एउटा सहर कुखुरा ‘बास्ने’ पाउने अधिकारको मुद्दाले ठूलै हंगामा मच्चायो ।
फ्रान्सको ओलोन सहरमा एक दम्पतीले पालेको कुखुरोले बिहान सबेरै बास्दा निद हराम भएको भन्दै छिमेकीले आवाज उठाए । ती छिमेकीले यो मुद्दा अदालतसम्म पुर्याए । अन्ततः अदालतले कुखुरोको पक्षमा फैसला सुनायो । अदालतले कुखुरोको बास्न पाउने अधिकार सुनिश्चित गरिदियो ।
यो कुखुरोको नाम मौरिस रहेको छ । यो अहिले ४ वर्षको भयो । यसलाई ओलोनका ज्याकी र उनकी पत्नी कोहिनाले पालिरहेका छन्।
बिहान सबेरै बासेर हैरान पारेको भन्दै छिमेकी ज्या लुईले सुरुमा ज्याकी दम्पतीमाथि आक्रोश पोखे । पछि ज्याकी दम्पतीले प्राकृतिक रुपमा हुने कुरामा नियन्त्रण गर्न नसकिने भनेपछि ज्या लुई अदालतको ढोका ढक्ढक्याउन पुगिन् ।
तर अदालतले पनि कुखुराकै पक्षमा फैसला सुनाउँदै कुखुराको बास्न पाउने अधिकार सुनिश्चित गरिदियो । अनि कुखुरा बास्न रोक्न भन्दै ज्याकी दम्पतीलाई मानसिक तनाव दिएको भन्दै अदालतले ज्या लुइसलाई ११ सय डलर क्षतिपूर्ति दिन पनि आदेश दियो ।
त्यसो त यो मुद्दाले फ्रान्समा निकै तहल्का मच्चायो । करिब १ लाख ४० हजार जनताले हस्ताक्षर संकलन गर्नुका साथै कुखुराको तस्बिरअंकित टीसर्ट लगाएर कुखुराको बास्न पाउने अधिकारी सुनिश्चितताको माग गर्दै प्रदर्शन सुरु गरे । एक समर्थक भन्छन्, ‘हामी मौरिस र उसको मालिकको समर्थन त गर्छौं नै तर एउटा कुखुरोको बास्न पाउने अधिकार कुण्ठित गर्दै अदालत पुर्याउँदा निकै दुःख लागेको छ ।’
कुखुराको बास्न पाउने अधिकारको अदालतले गरेको रक्षाको विषय अहिले फ्रान्समा निकै चर्चामा छ । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago