काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी ५ वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने घोषणा गरेको छ ।
कम्पनीको चितवनको सौराहामा सम्पन्न ३ दिने दोश्रो राष्ट्रिय सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले यस्तो घोषणा गरेका हुन् ।
उनले गरेको घोषणामा कम्पनी व्यवस्थापनको नेतृत्वदायी भूमिकामा रहेका अन्य अधिकारीहरुले समेत समर्थन गरेका थिए ।
कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने घोषणा गरिएको सीइओ भट्टराईले जानकारी दिए ।
यो कम्पनीले पछिल्लो समय अधिकांश सूचकमा उत्साहजनक प्रगति गरिरहेको छ । २०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्ष भन्दा कम अवधिमा ६० वटा शाखारउपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्वीकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरी कुल ५३ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएको छ ।
यो कम्पनीको दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा यही माघ १२ देखि १४ गते सम्म सम्पन्न भएको बताइएको छ ।
देशैभरिबाट आएका ६० भन्दा बढी शाखार उपशाखा प्रमुख, क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो।
'प्रत्येक घरमा-एउटा जीवन बीमा' नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा तथा उपशाखाको ६ महिनाको प्रगति समीक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँगाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन प्रत्येक घरमा एउटा जीवन बीमा कार्यक्रम माथि छलफल गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए ।
तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19