काठमाण्डौ । पारिवारिक किचलोले संसारमा ठूला–ठूला दुुर्घटनाहरु निम्ताएका उदाहरणहरु छन् । कुुनै बेला सबै भारतीयको रोजाइ बन्न सफल एस बैंक अहिले पारिवारिक किचलोको कारणले डुुब्ने मोडमा पुुगेको छ । यो बैंक औसत भन्दा बढी ब्याज दिने मामलामा परिचित छ । अहिले यो बैंकको अवस्था निकै नाजुुक बनेको छ र यसलाई पुुनः पहिल्यैकै अवस्थामा ल्याउन महिनौअघिदेखि प्रयासहरु भइरहेका छन् । यस्तोमा भारतको एसबिआई यो बैंकको बचाउमा उत्रिएको छ ।
भारतीय बैंकिङ क्षेत्रमा यो बैंकको इतिहास त्यति लामो छैन । यो बैंकको सुुरुवात सन् २००४ मा राणा कपुुरले आफ्नो नातेदार अशोक कपुुरसँग मिलेर गरेका थिए । अशोक कपुुरको मृत्युु २६/११ को मुुम्बईको आतंकवादी हमलामा भएको थियो । अशोक कपुुरको मृत्युुपछि उनकी पत्नी मधुु कपुुर र राणा कपुुरबीच बैंकको स्वामित्वलाई लिएर विवाद शुुरु भयो ।
मधुु आफ्नी छोरीलाई बैंकको सञ्चालक समितिमा पठाउन चाहन्थिन् । तर राणाले यस्तो हुुन नदिने अडान लिए । राणा परिवारको यो विवाद अदालतसम्म पुुग्यो । अदालतले राणा कपुुरको पक्षमा फैसला सुुनायो । अदालतको फैसलापछि केही समयका लागि यो विषय साम्य भयो ।
यसपछि बैंकको म्यानेजिङ डाइरेक्टरमा रणविर गिल नियुुक्त भए । गिल म्यानेजिङ डाइरेक्टरमा आएपछि बैंक ऋणको चपेटामा पर्यो र विस्तारै त्यहाँका प्रमोटरहरुले आफ्नो हिस्सेदारी बेच्न सुुरु गरे । यसरी बैंक स्थापना भएको ७ वर्षमा नै कपुुर परिवारको आपसी कलह सतहमा आयो । विवाद बढ्दै गएपछि अहिले बैंक नै डुुब्ने स्थितिमा पुुगेको छ । यो बैंकको संकट तब बढ्न थाल्यो जब बैंकका सह–संस्थापक राणा कपुुरलाई पदबाट हटाइयो ।
भारतको चौथो ठूलो बैंकको रुपमा रहेको एस बैंकको सञ्जाल भारतभर फैलिएको छ । यसको हेडक्वार्टर मुुम्बइमा रहेको छ । भारतभर यसको १ हजार भन्दा बढी शाखाहरु र १८ सय एटिएम छन् । यो बैंकको महिला स्पेशल ब्राञ्च पनि रहेको छ । जसलाई ‘एस ग्रेस ब्राञ्च’बाट समेत चिनिन्छ । यो शाखामा महिलाका लागि विशेष प्रडक्ट प्रस्तुुत गर्ने गरिएको छ । यो शाखाको अर्काे विशेषता भनेको यसमा आवद्ध सबै कर्मचारी महिला हुनु पनि हो ।
बैंकको विवाद चुुलिएपछि भारतको बित्त मन्त्रालयले मार्च ५ देखि अप्रिल ३ सम्मका लागि बैंकको निक्षेपमा रोक लगाएको छ । ग्राहकले झिक्ने पैसामा पनि सीमा तोकिनुुका साथै बैंकको कारोबारमा पनि रोक लगाइएको छ । अर्थ मन्त्रालयले रोक लगाएको समय सिमासम्म बैंकका ग्राहकले ५० हजार भारु भन्दा बढी रकम निकाल्न नसक्ने व्यवस्था गरेको छ ।
सेयर मूल्यमा भीषण पहिरो
डुुब्ने संघारमा पुुगेको यो बैंकमाथि भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले लगाएको प्रतिबन्धपछि सेयर बजारका लगानीकर्ताहरु यो बैंकको सेयर तीव्र गतिमा बिक्री गरिरहेका छन् ।
बिहीबार बैंकको सेयर मूल्य २७ प्रतिशतले घटेको थियो । आज बिहानी सत्रमा मात्रै ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
एटिएमबाहिर लामो लाइन
आरबीआईले यो बैंकबाट निकाल्ने पैसामा सिमा तोकेपछि बैंकबाट पैसा निकाल्न बिहीबार रातिदेखि नै बैंकको एटिएमबाहिर ग्राहकको लामो लाइन देखिएको भारतीय मिडियाहरुले जनाएका छन् ।
एटिएममा थाम्नै नसक्ने भीड देखिएपछि पैसा सिद्धिने सम्भावना पनि देखिएको बताइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19