काठमाण्डौ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। 

एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ। बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रिँदै आएको छ। 

मधुवन नगरपालिका–८ बस्ने बलबहादुर थापामगर र कर्नीकुमारी सिजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापामगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्। उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन्।

हरेक आमा वुबाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस् भन्ने मूल्यांकन गरी पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने बलबहादुर थापामगरले बताए। उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन्। 

उक्त पोलिसी भुरिगाउँ शाखा कार्यालयकी अभिकर्ता (सिनियर एजेन्सी मेनेजर) प्रमिला ढकालको सहकार्यमा भुरिगाउ शाखाका शाखा प्रमुख मोहनबहादुर बोहराले घरमै गई बीमा पोलिसी हस्तन्तरण गरेका थिए।

कम्पनीले सुविधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बुवाका लागि पनि अतिरिक्त लिन मिल्ने सुविधाहरु रहेका छन्। जसमा घातक रोग सुविधा, अशक्त अपागं भत्ता सुविधाका साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको व्यक्तिले पाउने सुविधा छन्।