काठमाण्डौ । दिनभर सामान्य उतारचढाव देखिएको सेयर बजार आज अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म टिक्न सकेन। आज बजार बढेर २०९४ को विन्दुसम्म पुगेको थियो। 

प्राविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा मध्य ब्यान्डतर्फ आकर्षित देखिन्छ तर ब्रेक गरेर माथि जान सकेको छैन। 

भोलुममार्फत हेर्दा आज बजार घट्दा कारोबार पनि घटेको छ। डेली बेसमा म्याक्डीमार्फत आजको बजारलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा हुँदै गएका छन्। यसले बजार बुलिस क्रसओभरको बाटोतर्फ गएको देखिन्छ। आरएसआई ३७ को जोनबाट माथि गएको देखिन्छ। 

समग्रमा यी तीनवटै इन्डिकेटरबाट बजारलाई हेर्दा बजार सम्हालिँदै गएको देखिन्छ। 

वान आवर टाइम फेरेममा सुपर ट्रेन्डमार्फत हेर्दा बजार बुलिस नै छ। तर, डेली बेसमा भने बुल भइसकेको अवस्था छैन। 

बजारलाई १५ मिनेटको समयावधिमा पिभटमार्फत हेर्दा आज पहिलो प्रतिरोध २०९४ मा लिएको छ। बढेमा दोस्रो प्रतिरोध २१०५ र २१२३ मा क्रमशः प्रतिरोध सामना गर्न सक्छ। 

घटेमा भने बजारले क्रमशः २०६३, २०४५ र २०३२ मा सपोर्ट लिन सक्छ। आज बजार दिनभरको कारोबारमा पिभट प्वइन्ट २०७५ मा सपोर्ट लिएको छ भने पहिलो प्रतिरोध २०९४ मा प्रतिरोध सामना गरेको छ। 

यदि आगामी कारोबारमा पहिलो प्रतिरोध २०६३ भन्दा तल गएमा बजारले केही अंक गुमाउन सक्छ भने आजको उच्च विन्दु २०९४ बाट माथि गएमा बजारले बजार केही अंक माथि पनि जान सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।