काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेको थियो। कारोबारको पहिलो प्रहरमा सामान्य अंकले बढेको बजार अन्तिममा करिब २० अंकले घटेर बन्द भएको छ। आज बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ।
प्राविधिक रुपमा आजको बजारमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। आवरली टाइम फेरममा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजारले अप्पर ब्यान्डलाई छोएर केही तल खसको छ। बजारले अब मध्य ब्यान्ड अर्थात् १९९० सम्म सपोर्ट लिन आउन सक्छ।
आवरली टाइम फेरेममै बजारलाई म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम छोटा–छोटा र फिक्का हुँदै गएका छन्। आरएसआई ओभर सोल्ड जोन ७० बाट खसेर ५६ को तहमा आएको छ। यसले बजारमा करेक्सन आएको बुझिन्छ।
समग्र तीनवटै इन्डिकेटरबाट हेर्दा बजारमा आज नाफा बुक भएको मान्न सकिन्छ।
डेली बेसमा आजको बजारलाई हेर्दा भने त्यति राम्रो मान्न सकिँदैन। किनकि अपर ब्यान्डमा छोएर स्पिनिङ टप प्रकृतिको क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। यसको भ्यालिडिटिका लागि भने आगामी कारोबार नै नियाल्नुपर्ने हुन्छ।
यदि आगामी क्यान्डल आजको लोभन्दा तल बन्द भएमा बजार बिक्री दबाब आउनेछ। तर, आजको क्यान्डलभन्दा आगामी क्यान्डल माथि बन्द भएमा भने बजारमा पुनः खरिद चाप आउन सक्छ।
पिभटमार्फत हेर्दा बजारले आज पिभट प्वइन्टभन्दा केही माथि २०१० मा सपोर्ट लिएको छ। यदि आगामी दिनमा त्यहाँभन्दा माथि गएमा २०६० मा प्रतिरोध सामना गर्न सक्नेछ। तर, यदि बजार घटेमा भने १९७५ मा बलियो सपोर्ट लिन सक्छ।
आज बजारले पिभट प्वइन्ट २००७ भन्दा माथि नै बन्द भएको छ। त्यहाँबाट माथि रहुन्जेल बजार अप ट्रेन्डमा नै चल्न सक्छ। त्यहाँबाट तल झरेमा भने बजार केही समय साइडवेज चल्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण करोबारका लागि सिफारिस भने होइन।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19