सन् १९७७ देखि संयुुक्त राष्ट्रसंघले प्रत्येक वर्षको मार्च ८ मा नारी दिवस मनाउने निर्णय गरेसंगै सारा विश्वले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाइरहेको छ ।
महिलाको हक अधिकार संरक्षण र समाजमा उनीहरुको भूमिकालाई मजबुुत बनाउनुु नारी दिवसको उद्देश्य रहेको पाइन्छ ।
विश्वका सबै देशका समाजमा महिलालाई लिएर हेर्ने दृष्टिकोण लगभग उस्तै उस्तै पाइन्छ । महिलाहरु पुुरुषको तुुलनामा सक्षम हुँदैनन्, महिलामा क्षमताको कमी हुुन्छ, विषयको गहनतालाई बुुझ्न सक्दैनन्, परिवार चलाउने सामथ्र्य हुँदैन भन्ने जस्ता महिलाप्रतिको आम बुुझाई समाजमा रहेको पाइन्छ । यस्तोमा महिलासंग सम्बन्धित केही तथ्य यस्ता छन् जुुन महिलासँग जोडिएका भ्रम चिर्न काफी छन् । यहाँ हामी तपाइलाई महिलाका केही त्यस्ता तथ्य बताउँदैछौ जुन पढेपछि महिलाप्रति हेर्ने तपाईको दृष्टिकोणमा परिवर्तन आउनेछ ।
१. कोरोनाभाइरससँग लड्नमा पुुरुषभन्दा महिला पावरफुुल
डब्लुुुएचओका अनुुसार विश्वभरि करीब १ लाखको हाराहारीमा कोरोना संक्रमणको घटना अगाडि आइसकेका छन् । सारा विश्व यसको सन्त्रासमा बाँचिरहेको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको रिपोर्टअनुुसार कोरोनाभाइरसबाट मृत्युु हुुनेमा महिलाको तुुलनामा पुुरुषको संख्या धेरै छ । रिपोर्टका अनुुसार पुुरुषको मृत्युुदर २.८ प्रतिशत छ भने महिलाको १.७ प्रतिशत मात्रै छ । अर्थात मृत्युु हुुने ५ जनामध्ये ३ जना पुुरुष र २ जना महिला छन् । सन् २००३ मा हङकङमा सार्सभाइरस फैलिएको थियो । त्यसबेला समेत मृत्युु हुुने कुुल संख्यामध्ये महिलाको तुुलनामा पुुुरुषको संख्या ५० प्रतिशत ज्यादा थियो ।
स्वास्थ्य विज्ञका अनुुसार महिलाको प्रतिरोधात्मक शक्ति पुुरुषको तुुलनामा बलियो हुुने भएकाले यस्तो भएको हो ।
२. कार्यक्षेत्रमा पुुरुषभन्दा महिला धेरै उत्पादक
सन् २०१९ को आई क्याटेलिकको रिपोर्टका अनुुसार विश्वका ३९ प्रतिशत महिला काम गर्न जान्छन् । यस्तो आँकडा देखेपछि जोसुुकैलाई पनि लाग्दो हो कि महिला काम गर्न असक्षम हुुन्छन् । तर कार्यक्षेत्रमा उत्पादकत्वको कुुरा आउँदा भने पुुरुषको तुुलनामा महिला नै अगाडि देखिन्छन । सन् २०१८ मा प्रोडक्टिभिटी प्लेटफर्म हाइवले एउटा अनुुुसन्धान गरेको थियो । अनुुसन्धान पश्चात आएको रिपोर्टले महिलाहरु पुुरुषको तुुलनामा १० प्रतिशत बढी उत्पादक हुुन्छन भनेर देखायो । यसका अलावा रिपोर्टमा महिलालाई पुुरुषको तुुलनामा १० प्रतिशत बढी कार्यभार समेत दिइने गरेको पाइएको थियो ।
३.बढी बाँच्छन महिलाहरु
कयौं रिपोर्टहरुले पुुरुषको तुुलनामा महिलाहरु धेरै बाँच्ने तथ्य सार्वजनिक गरेका छन् । यसो हुुनुुको यथार्थ र स्पष्ट कारण भने कसैसँग पनि छैन । यस विषयमा अमेरिकाको डीयुुक युुनिर्भसिटीले २५० वर्ष सम्मको मेडिकल रेकर्डको विश्लेषण गरेको थियो । जसमा पुुरुषको तुुलनामा महिलाहरु ज्यादा बाँच्ने तथ्य बाहिर आएको थियो । यति मात्रै नभई नवजात बालकको तुुलनामा नवजात बालिकाको बाँच्नेदर धेरै पाइयो । एउटा रोचक तथ्य के पनि भने विश्वको औसत आयुु ६८ वर्ष छ जब कि महिलाको औसत आयुु ७२ वर्ष ८ महिना छ । अर्थात पुुरुषको तुुलनामा महिलाको औसत आयुु ४ वर्ष ४ महिना बढी छ ।
४.नेतृत्व क्षमतासँग जोडिएका १७ विषयमा महिला अगाडि
विश्वमा नेत्तृृत्व गर्ने कुुरा आउँदा महिलालाई अयोग्य ठहराइने गरिएको छ । अक्सर पुुरुषहरुले महिलाको नेतृत्व क्षमतामा शंका व्यक्त गर्ने गर्दछन् । नेपालमा देश निमार्ण गर्ने थलो संसदमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको छ । तर हार्वर्ड बिजनेस रिभ्युुको अनुुसन्धानले नेत्तृत्व गर्ने मामिलामा पुुरुषभन्दा महिला अगाडि रहेको तथ्य सार्वजनिक गरेको छ ।
हार्वर्डले १९ वटा नेतृत्वका गुुणका बुँदामा अनुुसन्धान गरेको थियो । जसमा १७ वटामा महिला पुुरुषभन्दा अब्बल देखिए । सोही रिपोर्टमा ६० वर्ष कटेपछि पुुुरुषमा आत्मविश्वासको कमी आउने, तर महिलामा भने आत्मविश्वासको स्तर अझै बढ्ने तथ्य सार्वजनिक भएको थियो ।
५.घर होस् या अफिस आवेग व्यवस्थापनमा महिला नै अब्बल
हामीलाई प्राय अफिसमा धेरै काम हुँदा होस् वा ट्राफिक जाममा फस्दा होस् वा घरमा बच्चाले सताउँदा होस् रीस उठ्ने गर्दछ । हामी सानो सानो कुुरामा समेत रिसाउने गरिरहेका हुुन्छौ । रिसाउने विषयमा समेत पुुरुष महिलाभन्दा अगाडि हुुन्छन । टाटा साल्ट लाइटको सर्वेक्षणमा ६८ प्रतिशत पुुरुषले र ५४ प्रतिशत महिलाले छुुट्टीको दिनमा अफिस आउनुु पर्दा आफूहरुलाई रिस उठ्ने कुुरा बताएका थिए । ट्राफिक जाममा पर्दा ५७ प्रतिशत पुुरुष र ५५ प्रतिशत महिला रिसाउने गरेको बताएका थिए । यति मात्रै होइन कि यदि कसैले नसोधेर फोनको चार्ज निकाल्यो भने ६४ प्रतिशत पुुरुष र ६१ प्रतिशत महिला रिसाउने गरेको बताएका थिए । त्यस्तै वाइफाई या इन्टरनेट कनेक्सन बन्द हुुँदा ६९ प्रतिशत पुुरुष र ६५ प्रतिशत महिला रिसाउने गरेको तथ्य सार्वजनिक भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago