काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छैनन्। उनीहरुले मंसिरमै लागू गरिएको ब्याजदरलाई पुसमा यथावत राखेका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनी एशोसिएसनका पदाधिकारीबीच पुसमा ब्याजदर नबढाउने भद्र सहमति भएको थियो। सोहीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले पुस १ गते लागू हुने गरी ब्याजदर सार्वजनिक गरे पनि बढाएका छैनन्।
बैंक तथा वित्तीय संस्थाहरु पदाधिकारीहरुबीच ब्याजदर बढाउँदैमा निक्षेप पनि नबढ्ने र ब्याजदर बढाउँदा अर्थतन्त्रमा असर पर्ने निचोडमा पुगेका थिए।
अधिकांश वाणिज्य बैंकहरुले मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम १०.०५ प्रतिशत र संस्थागततर्फ ९.०५ प्रतिशत कायम गरेका थिए। सोही ब्याजदरलाई पुसमा निरन्तरता दिइएको छ।
विकास बैंकहरुले भने मंसिरमै कायम गरेको ब्याजदरलाई पुसमा निरन्तरता दिएका छन्। जसअनुसार विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १०.२५ प्रतिशत र संस्थागततर्फ ९.२५ प्रतिशत कायम गरेका छन्।
फाइनान्सहरुले भने व्यक्तिगत मुद्दति निक्षेपमा १०.३५ प्रतिशत र संस्थागततर्फ ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19