काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले रू. १ हजार अंकित दरका ३० लाख कित्ताले हुनआउने रू. ३ अर्ब बराबरको ‘एनआईसी एशिया डिबेञ्चर २०८१/८२’ निष्काशन गर्न मंसिर २९ गते शुक्रबारको दिन स्वीकृति दिएको छ । 

ऋणपत्रको बिक्रीप्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत (अर्थात रू. २ अर्ब ४० करोड) व्यक्तिगततवर(प्राइभेट प्लेसमेन्ट)मार्फत र  २० प्रतिशत (रू. ६० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिने बैंकले जनाएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

पुस ४ गतेदेखि १२ गतेसम्म ७ कार्यदिनको सूचना दिइने र त्यसपछि पुस १३ देखि १७ गतेसम्म ऋणपत्रको बिक्री खुल्ला गरिने बैंकले जनाएको छ । 

ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले"[ICRANP] LA - "  (LA Minus) रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम भन्ने हो । साथै, यस बैंकलाई इक्रा नेपाल लिमिटेडलेूृ [ICRANP-IR] A- "  (A Minus) (ICRA NP Issuer Rating A Minus) रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरुमध्ये एक हो । 

ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण गरिनेछ । ऋणपत्र नेपालको बजार विकासको लागि कोशेढुंगा हुने विश्वास लिइएको बैंकले जनाएको छ । 

हाल नेपालमा दीर्घकालिन लगानीका लागि बित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीका लागि एक बिरलै प्राप्त हुने एवम् उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन बैंकले आह्वान गरेको छ । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउण्टरहरु र ४ एक्सटेन्सन काउण्टरहरुबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।