काठमाण्डौ । उच्चस्तरीय अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीले निर्देशन दिएसँगै मातहतका निकायहरु सक्रिय भएका छन् ।
अर्थमन्त्रीले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल बनाएका थिए । सो कार्यदलले बुधबार आफ्नो ५८ पृष्ठ लामो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको थियो ।
कार्यदलबाट बुझेको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै अर्थमन्त्रीले दिएको निर्देशनका आधारमा अर्थ मन्त्रालयले साँझ विज्ञप्ति जारी गरेको थियो ।
सो निर्देशनपछि बैंकहरुको ब्याजदर नियन्त्रणका लागि कार्यदलले सुझाएका उपायहरुको अवलम्बन गर्न नेपाल राष्ट्रबैंकले सक्रियता देखाएको छ भने पूँजीबजारको नियामक धितोपत्र बोर्ड समेत अर्थमन्त्रालयबाट पत्र आएलगत्तै आवश्यक सुधारका लागि सक्रिय हुने तयारीमा छ ।
नेपाल राष्ट्रबैंकको दवाब नेपाल बैंकर्स संघले अहिले बालुवाटारमा वाणिज्य बैंकका सीइओ तथा सीइओका प्रतिनिधिसँग छलफल गरिरहेको छ । नेपाल राष्ट्रबैंकका अधिकारी समेत सहभागी सो छलफलले पुनः ब्याजदरमा भद्र सहमति कायम गर्नसक्ने संभावना व्यक्त गरिएको छ । यहीकारण यो छलफलप्रति सबैको ध्यान मोडिएको छ । सेयर बजारका लगानीकर्ता र सरोकारवाला समेत बैंक ब्याजदरको बिषयमा कस्तो खालको सहमति आउँछ भनेर व्यग्रताका साथ पर्खिरहेका छन् ।
नेपाल राष्ट्रबैंकले समेत आफूले जारी गर्ने निर्देशनहरुको ड्राफ्ट बनाउने र साबिकको व्यवस्थामा संसोधनका लागि आवश्यक तयारीमा जुटेको त्यहाँस्थित स्रोतले जनाएको छ । ‘आजभोलिसम्म केही न केही हुन्छ ।’ उच्च स्रोतले भन्यो–‘र, प्रतिवेदनले अल्पकालीन रुपमा गर्नुपर्ने काम भनी सुझाएका बुँदा अर्को साताभित्र स्पष्ट रुपमा कार्यान्वयनमा आउसक्छन् ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago