काठमाण्डौ । पूर्णिमा विकास बैंकले लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

नेपाल स्टक एक्सचेञ्चमा आइतबार प्रकाशित एक सूचना अनुसार भदौ ३१ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस उपलब्ध गराउने निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले स्वीकृत गर्नुपर्ने हुन्छ । 

गत वर्ष पनि यो बैंकले सेयरधनीलाई २३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

पूर्णिमा विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा ६ करोड ५३ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २० करोड १७ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको कुल चुक्तापूँजी २५ करोड ४२ लाख पुग्नेछ ।